Saturday, July 11, 2009

Recent updates

I'm fine and doing great by the Grace of God.I have been silent for these many days coz I have been going through big grief as I lost someone very Important in my family just after two days of my arrival, my Granny... So I was almost like lost to myself and lots of shocks and unfamiliar impressions occupied my mind in such a way that I still feel lost and strange in my own homeland. The homecoming was great though and meeting family and friends after such a long time was very rewarding... Still I kinda feel very strange and unusual.

In the meantime I had been to my hometown and met my parents and church fellows there.. and just after two days of my arrival I lost my ......So it was a mixture of feelings and emotions, the homecoming... but now I'm relieved in a way and I know that your prayers are working wonders on me..

Talking about my work and information project, I have not done much. Although I have been in touch with the staff of NBCBS( Laget, Nepal), I have not yet been recruited for the staff yet. Lot's of discussions and talks have been going on whether I should be considered to be the next staff or not.Since I'm not familiar with many of the members of the executive committee, so they are in a way questioning about my capabilities and so on.. So, I have not been doing anything than more than waiting and watching patiently. Although there is a need but there are so many things to be considered.

Wednesday, September 24, 2008

जन्मदिनको सम्झानाहरू !!!!!!

आज २३ सेप्टेम्बर २००८ मेरो लागी निकै महत्वपूर्ण दिन हुन गयो। बिहान १:०० बजे सम्म बिष्णु अनि म बसेर गफ गरिराख्या बेला अचानक मेरो कोठामा केही नॉर्वेजियन साथिहरुको प्रवेश भयो। जन्मदिनको बधाई भन्ने गीत गाउदै मलाई अंगालो हाल्दासम्म म अलि अकमक्क परिराख्याथे। अनि बल्ल याद आयो आज मेरो जन्मदिन हो भनेर। त्यति मात्र कहाँ हो र बिहान नास्ता खाने बेलामा पनिसबै हाल्डका संपूर्ण बिद्यार्थीहरूले एक स्वरमा सुभकामना गीत गयेका थिए। अनि एक एक गरी सबै जनाले मलाई अंगालो हालेर बधाई दिन थाले। यद्यपि केटीहरुसंग अंकमाल गर्नु हामी नेपालीहरुको लगी अनौठो चलन भए पनि नोर्वमा भने कसैलाई बिशेष वास्ता देखौनको लागी अंगालो हाल्नु एउटा सामान्य चलन रहेछ। अझ कसैको जन्मदिनमा उसलाई बिशेष आलिंगन गर्नु एउटा खास वास्ता देखाउने तरीका रहेछ। जे होस आफ्नो मातृभूमिदेखि सात समुन्द्रपारी यो बिरानो मुलुकमा पनि माया अनि वास्ता गर्ने यतिका साथिहरु पौंदा म परमेश्वरमा अति कृतज्ञ छू! आजको जन्मोत्सव मेरो जीवनको यादगार दिनको रुपमा सदै अमर रहने छ।

Wednesday, September 17, 2008

आज खेलकूद दिवस!!!!

आजको दिन निकै रोचक रह्यो। बिहानदेखी नै क्रिक नामक खेलकूदलाई मध्यम बनाई ईसाई संदेश फैलाउने एउटा नर्वेली संस्थाले पुरा दिन विभिन्न खेलहरु खेलायेका थिए। युवाहरुलाई उपयुक्त हुने विभिन्न किसिमका खेलमार्फत अत्यन्त जरुरी स्वस्थ्यसम्बन्धी जानकारी र सुसमाचार पनि फैलाउने एउटा अति प्रभावकारी कार्यक्रम को रुपमा रहेको यस् संगठनका दुई कार्यकर्ताहरुले दिनभर विभिन्न प्रकारका रोचक खेलहरु खेलाएका थिए। शरीर थकेर चूर-चूर भएको छ। तैपनी बेलुकीको 'बिस्वास अनि प्रार्थना' नामक संगतिमा प्रार्थनाको महत्व बारे छलफल गर्दा निकै आशिसमय उपलब्दि हासिल भयो। यद्यपि म खेलाडी प्रवृत्तिको नभए पनि जवानहरुमाझ खेलाउन अत्यन्त उपयुक्त हुने खेलहरु सिक्ने मौका पाइयो।

Saturday, September 13, 2008

##!!नर्वेको संग्रहालय भ्रमण!#



आज शनिवार सप्ताहको अन्तिम दिन भएकोले बिदा थियो। यसैले बिहान अबेरसम्म सुतियो। बिहानको नास्ता खाए पश्चात् मंडल संग्रालयतिर लाग्यौ । यो हेर्नमा अति सुंदर र रोचक छ । मण्डलबजारको बिचमा रहेको यस् संग्रालयको निर्माण एक धनाडय नर्वेली नागरिकले गरेका थिए । त्यहाँ मूलत ऐतिहासिक नार्वेको नाविक जीवनलाई दरसौने कलात्मक शैलिका चित्रहरु र मुर्तिहरू रखियेको रहेछ।

Wednesday, September 3, 2008

यो मेरो पहिलो नेपाली ब्लॉग हो


मेरो नोर्वे बसाई को क्रममा खिचेको तस्बीरहरुको संकलन यस् ब्लॉगमाँ पाउन सकिन्छ। यस् बाहेक मेरो मनका भावनाहरुलाबिसौने चौतारीको रुपमा पनी यस् ब्लॉगलाई लिन सकिन्छ। म आशा गर्छु की यो ब्लॉगले मलाई राम्ररी चिनौने छ। मेरो पहिलो प्रयास हो। कृपया यस्मा भएका त्रुटीहरुलाई सीकारुको भूल सम्झी माफ़ गर्नु होला।




My trip to Norway!!!



यो तस्बीर म फ्येल्तुंन (नोर्वे) नामक ठाउंमाँ घुम्न जांदा खिचेको हो। म मात्र होईन मेरा अन्य साथिहरु पनी साथमा गयेका थिए। मेरो नजिक उभिने मित्रको नाम बिष्णु मोक्तान हो। उनी पानी नेपालबाट म संगै यस् ठाउमाँ आएका हुन.