Wednesday, September 24, 2008

जन्मदिनको सम्झानाहरू !!!!!!

आज २३ सेप्टेम्बर २००८ मेरो लागी निकै महत्वपूर्ण दिन हुन गयो। बिहान १:०० बजे सम्म बिष्णु अनि म बसेर गफ गरिराख्या बेला अचानक मेरो कोठामा केही नॉर्वेजियन साथिहरुको प्रवेश भयो। जन्मदिनको बधाई भन्ने गीत गाउदै मलाई अंगालो हाल्दासम्म म अलि अकमक्क परिराख्याथे। अनि बल्ल याद आयो आज मेरो जन्मदिन हो भनेर। त्यति मात्र कहाँ हो र बिहान नास्ता खाने बेलामा पनिसबै हाल्डका संपूर्ण बिद्यार्थीहरूले एक स्वरमा सुभकामना गीत गयेका थिए। अनि एक एक गरी सबै जनाले मलाई अंगालो हालेर बधाई दिन थाले। यद्यपि केटीहरुसंग अंकमाल गर्नु हामी नेपालीहरुको लगी अनौठो चलन भए पनि नोर्वमा भने कसैलाई बिशेष वास्ता देखौनको लागी अंगालो हाल्नु एउटा सामान्य चलन रहेछ। अझ कसैको जन्मदिनमा उसलाई बिशेष आलिंगन गर्नु एउटा खास वास्ता देखाउने तरीका रहेछ। जे होस आफ्नो मातृभूमिदेखि सात समुन्द्रपारी यो बिरानो मुलुकमा पनि माया अनि वास्ता गर्ने यतिका साथिहरु पौंदा म परमेश्वरमा अति कृतज्ञ छू! आजको जन्मोत्सव मेरो जीवनको यादगार दिनको रुपमा सदै अमर रहने छ।

2 comments:

Ramro Nepali News said...

नव वर्ष २०६६ को पुनित उपलक्ष्यमा सम्पूर्ण पाठकबर्गहरूमा हार्दिक मंगलमय शुभ- कामना टक्रायाउदछु । www.hamronijgadh.blogspot.com

Ramro Nepali News said...

ani blog chai update garnu ni www.hamronijgadh.blogspot.com